
काठमाडौं । स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको छ ।
शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी गायक राजु परियार, गायिकाहरू टिका पुन, लक्ष्मी न्यौपाने र बालकलाकार सान्वी खतिवडा लगायतका कलाकारलाई स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको हो ।
कार्यक्रममा पूर्व खानेपानी मन्त्री बिना मगर, कलाकार पल्पसा डंगोल, कलाकार किरण केसी लगायतले अवार्ड वितरण गर्नुभएको थियो । नेपाली गीत, संगीतको विकास र श्रष्टाको सम्मानका लागि ग्रेट नटराज फिल्मस प्रा.लि.को आयोजनामा पहिलो स्टार म्युजिक भिडियो अवार्ड २०२२ आयोजना गरिएको हो ।
यो अवार्ड आधुनिक, पप, लोकदोहोरी, लोक, भाषाभाषी, राष्ट्रिय गीत जस्ता विभिन्न विधामा प्रदान गरिएको छ । जसमा गायक, गायिका, संगीतकार, निर्देशक, गीतकार, छायाँकर, संगीत सम्पादकहरुलाई सम्मान गरिएको छ ।
यो अवार्ड पाउने बाल कलाकारमा जेनिसा अधिकारी, आयुष ढकाल, जेभिन श्रेष्ठ, आराध्य राज्यलक्ष्मी, र सान्वी खतिवडा छन् । आधुनिकतर्फ सागर लम्साल, हरिष निरौला, रोहन नेपाली, सुधिर श्रेष्ठ, रमेशचन्द्र सोडारीले अवार्ड पाएका छन् ।
त्यस्तै आधुनिक गीतमा रवि ओड, भीम बिसी, सम्राट चौलागाईं, प्रताप दास, सेर्केनीले अवार्ड पाएका छन् । त्यस्तै आधुनिक गीततर्फ महिलामा सिर्जु अधिकारी, रचना रिमाल, रानी शाक्य, एलिना चौहान, अस्मिता अधिकारीले अवार्ड पाएका छन् ।
त्यस्तै लोक दोहोरी डान्समा शंकर बिसी, प्रेम थापा, ओबी रायमाझी, सञ्जिव ठकुरी लोमश शर्माले अवार्ड पाएका छन् भने लोक दोहोरीतर्फ महिलामा अञ्जली अधिकारी, करिष्मा ढकाल, आरुषी मगर, गीता ढुंगाना र रुबीना अधिकारीले अवार्ड पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्