२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चैनपुरमा भूकम्प र आगलागीबाट बच्न कृतिम घटना अभ्यास


143
Shares

बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा भूकम्प तथा आगलागीबाट बच्नका लागि कृतिम घटना अभ्यास गरिएको छ ।

शहरी भूकम्प पूर्वतयारी एवं प्रतिकार्य क्षमता सुदृढीकरण परियोजनाअन्तर्गत खुल्लामञ्चमा आज कृतिम अभ्यास गरिएको हो ।

नेपाल विश्वको भूकम्पिय जोखिमका हिसाबले ११ औँ स्थानमा पर्ने अध्ययनले देखाएको छ ।

पहाडी तथा शहरी क्षेत्रमा भूकम्प तथा आगलागीको उत्तिकै जोखिम भएकाले स्थानीयहरुलाई सुसुचित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बझाङले जनाएको छ ।

यस्ता अभ्यासले विपदका घटनाबाट बच्ने उपाय तथा क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।