८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


खोज पत्रकारिता धरासायी अवस्थामा : तिलकराम शर्मा


130
Shares

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पछिल्लो समय खोज पत्रकारिता धरासायी अवस्थामा पुगेको बताउनुभएको छ ।

बुटवलमा शनिबारबाट सुरु भएको विकास पत्रकारिताको उद्घाटन कार्यक्रमा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

तथ्य बिनाको समाचार बढी आउँदा समाजमा पनि नकारात्मक सन्देश जाने गरेकाले समाचार संकलन गर्दा सत्य तथ्यमा आधारित रहेर काम गर्न पत्रकारलाई आग्रह गर्नुभएको छ ।

यस्तै, अब आउन लागेको बजेटमा पत्रकारिताको विकासका लागि लुम्बिनी प्रदेशमा सम्मान जनक बजेट ल्याउने बताउनुभयो ।

बुटवल उपमहानगरका मेयर खिलराज पाण्डेले सहर केन्द्रित नेताका भाषण भन्दा ग्रामीण बस्तीका आवाजलाई सम्बोधन गरि स्थानीय तहका जनप्रतिनिधि लाई सुझाव दिएमा सबै क्षेत्रमा काम गर्न सहज हुने बताउनुभयो ।

दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले अहिले हरेक क्षेत्रमा समावेशी अधिकार भन्ने आधारमा दलित पत्रकारीता पनि समावेश हुँदै गएको बताउनुभयो ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका पत्रकारहरु तालिममा सहभागी रहेको कार्यक्रम जेठ ३१ गतेसम्म हुने पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले जानकारी दिनुभयो ।