
काठमाडौं । मुगुमा यार्सा संकलनबाट मात्रै यस वर्ष ३१ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका बासिन्दाबाट प्रति व्यक्ति २ हजार र जिल्ला बाहिरबाट आएका व्यक्तिबाट प्रति व्यक्ति २ हजार ५ सयका दरले राजस्व संकलन गर्दा ३१ लाख जम्मा भएको हो ।
यार्साबाट उठेको कुल राजस्वमध्ये २० प्रतिशत व्यवस्थापन खर्च, ४० प्रतिशत सम्बन्धित वडा कार्यालयमा र बाँकी ४० प्रतिशत गाउँपालिकामा जम्मा हुने गरेको छ ।
विगत वर्षहरुमा ६० लाखदेखि १ करोडसम्म यार्साबाट राजस्व संकलन हुने गरेको थियो भने यस पटक स्थानीय निर्वाचनका कारण राजस्वमा कमी आएको हो ।
प्रतिक्रिया दिनुहोस्