
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज (आइतबार) बस्ने भएको छ ।
बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । बैठकले साेमबार बस्ने केन्द्रीय सचिवालय बैठकको कार्यसूची तय गर्ने याेजना रहेकाे नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभएकाे छ ।
साथै साेमबार दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय सचिवालय बैठक समेत बस्ने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्