२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बुटवल उपमहानगरपालिका ज्योतिनगरको पहिरो व्यवस्थापनमा जुट्याे


169
Shares


बुटवल । बुटवल उपमहानगरपालिका ज्योतिनगरको पहिरो व्यवस्थापन गर्न जुटेकाे छ ।

गत वर्ष गएको पहिरोले बुटवलको ज्योतिनगर क्षेत्रका स्थानीय बासीन्दाहरु मनसुन भित्रिएसँगै त्रसित बन्न थालेका छन्।

बुटवलमा गत वर्षको भदौ १३ गते गएको पहिरोले ज्योतिनगर क्षेत्रका अधिकांश घर प्रभावित भएका थिए । वडा नं ३ र ४ वडाका अधिकांश टोलका बस्तीलाई पहिरोले प्रभावित र विस्थापित बनाएको थियो । अघिल्लो पटक आएको पहिरोले धेरैको जनधनको क्षति गरेको भएकाले पनि यहाँका स्थानीय बासीन्दाहरु भने चिन्तित बनेका छन् ।

यय क्षेत्रका बस्तीलाई सुरक्षित बनाउनका लागि बुटवल उपमहानगरपालिकाले अल्पाकालीन तथा दीर्घकालीन योजना अन्तर्गतका कार्यहरु सुरु गरेको छ । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख खेलराज पाण्डेले ज्योतिनगर भन्दा माथिको डाँडा कटान भएकोले पानी ज्योतिनगर क्षेत्रमा छिरेको बताउनुभएकाे छ । उहाँले त्यसको व्यवस्थापनको काम थालिएको समेत बताउनुभएकाे छ । उहाँले रुपन्देही बुटवल क्षेत्रबाट त्यहाँ डोजर लैजान सम्भव नभएर पाल्पातिरबाट डोजर लगेर ज्योतिनगर क्षेत्रमा आउने पानीलाई डाईभर्सनगरि शिद्धबाबा क्षेत्रतर्फ फर्काउने काम भईरहेको पनि बताउनुभएकाे छ।

साेही क्षेत्रको लागि लुम्बिनी प्रदेश सरकारसँग बजेट माग गरिएको पनि उहाँले बताउनुभएकाे छ । यस क्षेत्रका जनताको सुरक्षा नै बुटवलको सबै भन्दा ठूलो कार्यक्रम भएकाले प्रदेश सरकारबाट आउने रकमलाई विपद व्यवस्थापन र प्रभावितलाई प्रदान गर्नेगरि योजना अगाडि बढाएको उहाँकाे भनाइ छ । बुटवलको ज्योतिनगर जैविक विविधताले धनी छ ।

तर यस क्षेत्र अव्यवस्थित बसोबास, अतिक्रमण, वन विनाश, अवैज्ञानिक भू-उपयोग, खेती र पशुपालन कार्यले गर्दा उच्च जोखिममा रहेको छ