२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


संघीय सरकारद्वारा स्याङ्जाका मुख्य ३ वटा सडकलाई १४ करोड बजेट विनियोजन


30.16k
Shares

स्याङ्जा । स्याङ्जाका प्रमुख ३ वटा सडकलाई संघीय सरकारले १४ करोड बजेट विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि नयाँ दुई सडक निर्माण गर्न र राजमार्ग मर्मत सम्भारका लागि सरकारले उक्त बजेट विनियोजन गरेको हो । २०५१/०५२ मा नयाँ ट्राक खोलेर संचालित जगतभञ्ज्याङ–केँवरे, चापाकोट–गजरकोट सडकखण्ड निर्माण गर्न ५ करोड र २०४९/०५० देखि संचालनमा आएको सेतीदोभान–आरुचौर घण्टेदेउराली सडकलाई ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । मन्त्रालयले राम्दीदेखि पोखरासम्म झण्डै १ सय किलोमिटर सडक मर्मत सम्भारका लागि ५ करोड विनियोजन गरेको छ ।

स्याङ्जा र तनहुँका स्थानीय प्रत्यक्ष लाभान्वित हुने जगतभञ्ज्याङ् गजरकोट सडक खण्डको करिब ६० प्रतिशत काम सकिएको छ । वालिङको मिर्दिदेखि चापाकोटसम्म १९ किलोमिटर सडक कालोपत्रे गरिएको छ । करिब १० किलोमिटर सडक कालोपत्रे भएपछि तनहुँको घिरिङ गाउँपालिका जोडिने छ ।

मन्त्रालयको राजमार्ग स्तराेउन्नति तथा पुन: स्थापना कार्यक्रम अन्तर्गतको सेतीदोभान घण्टे देउराली सडक खण्डको झण्डै ३० प्रतिशत कालोपत्रे गरी सकिएको छ । स्याङ्जा र पर्वत जिल्ला जोडने सडकमा ४ करोड बजेट विनियोजन गरेको छ। यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेश राजधानी जोड्ने सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड मर्मत सम्भारका लागि ६१ करोड ४४ लाख बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा राजमार्गका घुम्ती कटान र मर्मत सम्भारका ठूला काम सम्पन्न गर्ने उदेश्यले बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।