
web pic
रोल्पा । रोल्पामा माटोको ढिस्कोले पुरिएर एकै घरका दुई बालकको मृत्यु भएको छ ।
रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काका छोराहरु सात वर्षीय डेविड र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झरेर पुरिँदा बाटोमा खेल्दै गरेका उनीहरुको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्