७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर विजयी


117
Shares

कैलाली । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर विजयी हुनुभएको छ ।

कुँवर दोस्रो कार्यकालका लागि प्यानसहित विजयी हुनुभएको हो ।

कुँवरले ६७८ मत प्राप्त गर्दा सुरेनद्र राठीले ३२३ मत प्राप्त गुर्नभएको हो ।

वरिष्ठ उपाध्यक्षमा प्रतिद्धन्द्धी हरीशंकर ठाकुरलाई पछि पार्दै पुष्करराज ओझाले विजयी हुनुभएको हो ।

कुँवर प्यानलकै दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन् ।

कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । १६ सय भन्दा बढी मतदाता रहेपनि १०९५ जनाले मात्रै मतदान गरेका थिए ।