
बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले गत बुधबार सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रम आइतबार प्रदेश सभाको बहुमत संख्याले पारित गरेको हो ।
सभामुख पुर्णबहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि नेकपा एमालेको बिरोधकाबीच बहुमत संख्याले नीति कार्यक्रम पारित गरेको हो ।
कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेर ल्याईएको नीतिलाई प्रादेशिक गौरवको आयोजनाका रुपमा विकास गरी कार्यान्वयन गरिने उल्लेख छ । यही नीति कार्यक्रम अनुसार लुम्बिनी प्रदेश सरकारले असार १ गते बजेट ल्याउँदै छ ।
प्रतिक्रिया दिनुहोस्