
एजेन्सी । इजरायली सेनाले गरेको मिसाइल आक्रमणमा सिरियाको राजधानी दमस्कसस्थित अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा ध्वस्त भएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलाई लक्षित गरि गरिएको रकेट आक्रमणमा धावनमार्ग लगायत अन्य संरचनाहरु ध्वस्त भएपछि हवाइ सेवा अवरुद्ध बनेको छ ।
सिरियाली यातायात मन्त्रालयले एक विज्ञप्ती जारी गरी दमस्कसको विमानस्थल पुर्ण रुपमा ध्वस्त भएकाले अर्को सूचना जारी नभएसम्म हवाइ उडान नहुने जनाएको हो ।
जसका कारण सयौं यात्रु अलपत्र परेका छन् । सिरियामा सन् २०११ बाट शुरु भएको युद्धकाबीच इजरायलले सिरियाली सेनामाथिको हवाई आक्रमण जारी राखेको छ । सिरियामा जारी संघर्षका बीच हजारौंको मृत्यु हुँदा लाखौं मानिस विस्थापित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्