१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


फ्रान्समा‘कबड्डी ४’ हाउस फुलका साथ २ वटा हलमा प्रदर्शन

फ्रान्समा फिल्मले एक दिनमा ९ लाख कमायो

1.352k
Shares

दीपक चालिसे

फ्रान्स । फ्रान्सकाे पेरिस सहरको केन्द्रमा नेपाली चलचित्र ‘कबड्डी ४’ हाउस फूलका साथ २ वटा हलमा प्रदर्शन भएको छ ।

फिल्म पेरिसको सार्दगुल इथुवालस्थित ला बलजिक हलमा प्रदर्शन गरिएको हो । फिल्मलाई इनास फ्रान्सले प्रदर्शन गरेको कुरा इनास फ्रान्सका अध्यक्ष प्रविन सापकोटाले जानकारी दिनुभयो ।

फिल्म आइतबार प्रदर्शन गरिएको थियो । फिल्मले ९ लाखको व्यापार गरेको छ । फिल्म प्रदर्शनबाट सङ्कलित रकमले फ्रान्समा लुकेर बसेका नेपाली कला संस्कृतिलाई अगाडि बढाउने पनि उहाँले बताउनुभयो ।

साथै नेपाली कला र संस्कृतिलाई विश्वसामु चिनाउने र समय-समयमा विभिन्न प्रतियोगिता गराउने समेत अध्यक्ष सापकोटाको भनाई छ ।

दर्शकलाई भरपुर मनोरञ्जन दिने चलचित्र हास्य रसले भरिएको छ । जसमा समग्रमा फिल्म सन्देशमूलक भन्दा पनि मनोरञ्जनले भरिएको फिल्म हेर्ने दर्शकले बताएका छन् । यस फिल्मले सौगात मल्ल (बम काजी)को एकतर्फी प्रेमलाई पनि हास्य रसमा पस्केको छ ।

साथै समग्रमा हेर्दा फिल्म हेरुन्न्जेलसम्म बोर फिलिङ नभएकाे दर्शकहरुले बताएका छन् ।