१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आईजीपी बढुवा विवाद मुद्दाको आज सुनुवाई हुँदै


130
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक बढुवा विवाद सम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा आज (सोमबार) सुनुवाई हुने भएकाे छ ।

धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा यहि जेठ १७ गतेदेखि अन्तिम सुनुवाई भईरहेको छ । सरकारले आफूलाई आइजिपी नबनाएको भन्दै पहिलो बरियतामा रहेका एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको हो ।

पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफू भन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर समेत रिटमा गर्नुभएको छ ।