१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बजेट पारित हुने बित्तिकै नागरिकता विधेयक पेश हुन्छ: प्रधानमन्त्री देउवा


39
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेश गर्ने आश्वासन दिनुभएको छ ।

आज (सोमबार) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिनुभएको हो । जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्ने लगायत मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको भएपनि विधेयक नल्याइएको भन्दै उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।

जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक कहिले आउँछ भन्ने आफूहरुको प्रश्नमा प्रधानमन्त्रीले बजेट लगत्तै विधेक संसदबाट पारित गर्ने बचन दिएको लोसपाका नेता राजेन्द्र महतोले जानकारी दिनुभयो ।

दलहरुबीच समझदारी नबन्दा नागरिकतासम्बन्धी विधेयक २०७५ भदौदेखि संसदमा अड्किएको छ। यसैगरी लोसपा नेताहरुले आफ्ना नेता कार्यकर्ताको मुद्दा फिर्तासम्बन्धमा पनि छलफल गरेका थिए ।