१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिनिधि सभाको बैठकमा स्थगन प्रस्तावमाथि छलफल सुरु


117
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले दर्ता गराएको स्थगनको प्रस्तावमाथि छलफल भइरहेको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ जना सांसदले संसदमा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्न माग गर्दै दर्ता गाराउनु भएको स्थगनको प्रस्तावमाथि सांसदहरुले आ–आफ्ना धारणा राखिरहेका छन् ।किसानले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको प्रस्ताव राखेको हो ।

प्रस्तावमाथिको छलफल स्वीकृत भएमा मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुनेछ ।