
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय र प्रदेशकाे चुनाव एकै चरणमा गर्ने गरी तयारी भइरहेको बताउनुभएको छ ।
बर्दियामा पत्रकारसँग आज (साेमबार) उहाँले यस्ताे बताउनुभएकाे छ । कात्तिक मसान्त तथा मंसिर महिनाकाे पहिलो सातामा संघ र प्रदेशकाे चुनाव हुने गरी तयारी भइरहेको उहाँले जानकारी दिनुभयाे। स्थानीय चुनावजस्तै एकै चरणमा संघ र प्रदेशको चुनाव गर्ने तयारी भइरहेको भन्दै उहाँले प्रतिपक्ष पनि यहि समयमा चुनाव गर्ने भन्नेमा रहेको बताउनुभयो।
सुरक्षाका कारण दुई चरणमा गर्ने कि भन्ने विषय पनि आएको उहाँले बताउनुभयो। प्रदेश र संघको निर्वाचनपछि मुलुकमा नयाँ सरकार गठन भएर विकास–समृद्धिको यात्रा अघि बढ्ने उहाँको दावी छ ।
स्थानीय चुनाव सफल भएसँगै देशमा संघीयताको जरा बलियो भएको पनि उहाँले उल्लेख गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्