१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमेरिका भ्रमणबारे प्रधानमन्त्री देउवाले जानकारी दिनुपर्छ : अध्यक्ष नेपाल


169
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरु उठेको भन्दै प्रधानमन्त्रीले संसद, समिति र देशलाई जानकारी दिनुपर्ने बताउनुभएको हो ।

उहाँले भ्रमणमा देशलाई उचित हुने भन्दा बाहेक अन्य कुनै पनि गतिविधिहरु सरकारले गर्न नहुने बताउनुभयो । अध्यक्ष नेपालले असंग्लन परराष्ट्र नीतिबाट सरकार अविचलित भएर अगाडि बढ्न नहुने बताउनुभयो । उहाँले परराष्ट्र नीतिको विषयमा कुनैपनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने बताउनुभयो ।

अध्यक्ष नेपालले सरकारका परराष्ट्र मन्त्री अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा छलफलमा वर्तमान सरकारको अन्तर्राष्ट्रिय नीतिको विषयमा जानकारी गराउनु उपस्थिति जनाउनुपर्ने बताउनुभयो । उहाँले पहिलोपटक नेपालमा विदेशी सेना रहेको सुनेको पनि बताउनुभयो । अध्यक्ष नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भिर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गर्नुभयो ।

अध्यक्ष नेपालले सरकारले लिने वैदेशीक ऋणका प्रावधानहरुमा धेरै क्रुटीहरु रहेको भन्दै परिर्वतन गर्नुपर्ने बताउनुभयो ।