१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


ट्रम्पले गरे किमको स्वास्थ्य लाभको कामना


0
Shares

एजेन्सी, बैशाख १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

ट्रम्पले नेता किम गम्भीर विरामी भएको थाहा पाएको भन्दै उनको पूर्ण स्थास्थ्य लाभको कामना गरेका हुन् । ‘उहाँ सिकिस्त विरामी हुनुभएको छ भन्ने विवरण मलाई प्राप्त भएको छ, अरु मलाई केही थाहा छैन, मैले केबल उनको शिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्न सक्दछु’ ट्रम्पले भने ।

अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त विरामी भएको विवरण दिएपछि उनले यस्तो बताएका हुन् ।

नेता किम अप्रिल १५ का दिन आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा उपस्थित भएका थिएनन् । यद्यपि, उत्तर कोरियाली सरकारी अधिकारीहरुले भने किम विरामी भएको पुष्टि गरेका छैनन् । उनीहरुले पहिलाभन्दा अहिले कुनै फरक नरहेको दाबी गरेका छन् ।

योन्ह्याप समाचार संस्थाले सरकारी अधिकारीहरुलाई उधृत गर्दै जनाए अनुसार उनीहरुले कुनै फरक नरहेको बताएका र बाहिर चलाइएको हल्ला सत्य होईन । अध्यक्षका प्रवक्ता काङ मिन सेओकले पनि उत्तर कोरियामा कुनै नयाँ कुरा नभएको दाबी गरेका छन् ।