१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जामा लागू औषधसहित युवक पक्राउ


1.625k
Shares

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका– १० राङ्खोलाबाट लागू औषधसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १ हरिचोक बस्ने २४ वर्षिय रोशन बराइली रहेका छन् । सुनौलीबाट पोखरा जाँदै गरेको माइक्रोबाट उनलाई लागू औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बराइलीको साथबाट प्रहरीले फेनरागन ३५ एम्पुल, नुर्फिन ३५ एम्पुल र डाईजोपाम ३४ एम्पुल गरी १ सय ४ थान लागू औषध फेला पारेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो । बराइलीलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।