
फाइल तस्बिर
काठमाडौं । कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकी नाका हुँदै पैदलमार्गबाट सन् २०२२ को पाँच महिनामा ९५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
गत वर्षको यही अवधिमा सीमा नाका हुँदै नेपाल आउने पर्यटकको संख्या शून्य थियो ।
कोरोनाको संक्रमण घटेसँगै विस्तारै विदेशी पर्यटक सीमा नाका हुँदै आउन थालेका छन् ।
नेपाल भित्रिने विदेशी पर्यटकमा विशेष गरी भारतमा बस्दै आएका रहेका छन् । भारतमा बस्ने विदेशी पर्यटकले नेपाल आएपछि अधिकांशले १५ दिनको भिसा लगाउने गरेका छन् ।
विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको भिसा दिइन्छ । जसका लागि भिसा शुःल्क ३० डलर लाग्ने गर्दछ । ३० दिनको भिसाका लागि ५० र ९० दिनको भिसाका लागि १२५ डलर शुःल्क लाग्ने गरेको अध्यागमन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्