
एजेन्सी, बैशाख १० । भारतमा कोरोना भाइरसबाट ६५२ जना व्यक्तिको मृत्यु भएको छ । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या २० हजार ४ सय नाघेको छ ।
भारत सरकारको स्वास्थ्य एवं परिवार कल्याण विभागले जनाए अनुसार संक्रमित मध्ये ३ हजार ९६० उपचार पछि निको भएर घर फर्किएका छन् ।
महाराष्ट्रमा सबैभन्दा बढी ५२२१ संक्रमित छन् भने त्यहाँ २५१ जनाको मृत्यु भएको छ । गुजरातमा २२७२ संक्रमित र ९५ जनाको मृत्यु भएको छ । दिल्लीमा २१५६ संक्रमित र ४७ जनाको ज्यान गएको छ । मध्यप्रदेशमा ८० जनाको मृत्यु र १५९२ जना संक्रमित छन् ।
विश्वभरमा १ लाख ८० हजार व्यक्तिको मृत्यु हँदा कोरोनाबाट संक्रमित हुनेको संख्या २५ लाख ८६ हजार नाघेको छ ।
प्रतिक्रिया दिनुहोस्