
Web Pic
काठमाडौं । सुनसरीको कोसी गाउँपालिका हरिपुर सडकखण्डमा सोमबार राति साइकल यात्रुलाई जोगाउने क्रममा बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६५६४ नम्बरको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको हो । विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाको जिल्ला अस्पताल इनरुवा, सैनिक अस्पताल इटहरी र विराटनगरमा उपचार भइरहेको छ। घाइतेमध्ये देवकुमारी चौधरी र भूराज खत्री गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
प्रतिक्रिया दिनुहोस्