
काठमाडौं । गायिका इन्दिरा जोशीले प्रेमी फेसन डिजाइनर शरद केडियासँग आज मंगलबार विवाह गर्ने भएकी छिन् ।
उनले यसको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत दिएकी हुन् ।
गायिका जोशीले आइतबार हल्दी र सोमबार मेहन्दी समारोह मनाएकी छिन् । उनले इस्टाग्राममार्फत हल्दी र मेहन्दी समारोहको केही तस्बिरहरू सार्वजनिक गरेकी थिइन् । त्यसैगरी उनले इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गरेकी थिइन् ।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । हेलिकोप्टरमार्फत् सगरमाथा आधार शिविर गएर प्रपोजलको तस्बिर साझा गरेकी थिइन् । इन्गेजमेन्ट गरेको एक वर्षपछि उनीहरू विवाह गर्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्