
काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज मंगलबार इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
कुवेतस्थित जाबेर अल अहमद इन्टरनेशनल स्टेडियममा आज मध्य राति १ बजे नेपाल र इण्डोनेसियाबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल पहिलो जितको खोजीमा रहेको छ । इन्डोनेसियाविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । यसअघि नेपालले लगातार दुई खेलमा पराजय भोगेको थियो ।
नेपालसँगको खेलमा जित निकाल्दै शीर्षस्थानको जोर्डनसँग अंक बराबरी गर्ने योजना इन्डोनेसियाको रहने छ ।
नेपाल पहिलो खेलमा जोर्डनसँग २–० र दोस्रो खेलमा कुवेतसँग ४–१ ले पराजय भएको थियो । यस्तै, पहिलो खेलमा कुवेतमाथि २–१ को जित निकालेको इन्डोनेसियाले दोस्रो खेलमा जोर्डनसँग १–० को पराजय ब्यहोरेको थियो ।
प्रतिक्रिया दिनुहोस्