
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकाले यस वर्ष सन्चालन गरेको सिपमुलक तालिम गत वर्ष झै पुन: विवादमा परेको छ।
सिपमुलक तालिम भनिएपनि सम्बन्धित बडा अध्यक्षले जानकारी नभएको बताएपछि तालिम प्रक्रियागत नभएको हुन सक्ने आशंकासँगै नगरस्तरीय तालिम यस वर्ष पनि विवादमा परेको हो । करिब १ करोड ५० लाखको लागतमा नगरका विभिन्न वडाका ६ सय जनशक्ति उत्पादन गर्ने उदेश्यले सिलाई कटाई, कम्प्युटर, डलकुशन तथा सजावट, बुटिक, प्लम्बर, मोबाईल मर्मत लगाएतका तालिम अयोजना गरिएको थियो ।
दोस्रो पटक निर्वाचित वडा १ का अध्यक्ष हिरा बहादुर गुरुङ्खले आफनो वडामा तालिमका विषयमा आफूलाई जानकारी नभएको बताउदै उहाँले सम्पन्न भएको सिफारिस माग्न आउदा रोक्का गरेको बताउनुभयो । नगरका कर्मचारीको मिलोमतोमा भएको कार्य सम्पादन माथि प्रश्न उठाउदै जनप्रतिनीधिहरुले देखाउनका लागि मात्र गरिएको तालिम गत वर्ष विवादित बनेको थियाे । पुन: दोहाेरिएका ४ का वडा अध्यक्ष भोज बहादुर खत्रीले पुरानो कार्यकालमा सुरु भएको तालिम नया कार्यकालमा समेत आफूलाई जानकारी नभएको बताउनुभयो ।
सार्वजनिक सूचनाबिना सिटिइभिटिबाट सम्बन्धन नै प्राप्त नगरेको संस्थालाई विभिन्न वडामा तालिम गराउने जिम्मा उपमहानगरले दिएको छ । बि-लेबलको प्रशिक्षक तालिम पनि नगरेको तालिमको नाममा झारा टार्ने प्रवृत्तिले नगरको रकम कर्मचारीको सेटिङ्खमा दुरुपयोग भएको कार्यपालिकाका एक सदस्यले बताएका छन् ।
नगरपालिकाले गत फागुन २६ गते प्रस्ताव माग गरी चैत्र १८ गते एस मल्टिपर्पस, नारायणी स्किल डेभलप्मेन्ट लगाएतका १० वटा संस्थालाई छनोट गरी तालिम गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्