२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


खेलाडीको संरक्षण र विकासका लागि खेलकुद बिमाको अवधारणा विकास गर्ने


65
Shares

काठमाडौं । आगामी आर्थिक वर्षदेखि सरकारले खेलाडीहरुको संरक्षण र विकासका लागि खेलकुद बिमाको अवधारणा विकास गर्ने भएको छ ।

मंगलबार प्रतिनिधि सभाको विनियोजित बजेटमा उठेका मन्त्रालय अन्तर्गतको युवा तथा खेलकुद मन्त्रीको तर्फबाट जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले आगामी आर्थिक वर्षमा खेलाडीहरुको लागि खेलाडी बिमा अन्तर्गत खेलाडी जीवन बिमा, खेलाडी तथा स्वास्थ्य प्रशिक्षण बिमा, खेलाडी तथा प्रशिक्षण आकास्मिक बिमाको व्यवस्था गरेको बताउनुभयो ।

मन्त्री पौडेलले खेलाडीहरुको प्रोत्साहनको लागि खेलाडी भत्ता, उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार सहित समानको व्यवस्था पनि गरिएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा १ सय ७१ वटा पालिकामा नै बजेटको व्यवस्था गरि खेलपूर्वाधार निर्माण गर्ने योजना सरकारको रहेको बताउनुभयो ।

मन्त्री पौडेलले खेलकुद र खेलाडीहरुको विकास विद्यालयतहदेखि गर्ने उदेश्यले आगामी आर्थिक वर्षबाट नमुनाका रुपमा एक विद्यालय एक खेल मैदानको व्यवस्था गर्ने बताउनुभयो ।