
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग फुटबल प्रतियोगिता आयोजना गर्न स्वीकृति प्रदान गरेको छ ।
एन्फाले आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्टलाई लिग आयोजना गर्न स्वीकृति दिएको हो । एन्फाले आयोजकलाई दिएको स्वीकृति अनुसार लिग गर्न भदौ २५ गतेदेखि कार्तिक ५ गते सम्मको मिति उपलब्ध गराइएको छ ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेको स्वीकृति पत्रमा तोकिएका शर्तहरु पालना गरेर भदौ २५ गते देखि कार्तिक ५ गते सम्म लिग गर्न भनिएको छ ।
साथै प्रतियोगिता सञ्चालन गर्नुपूर्व खेल तालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषयहरु स्वीकृति गराउन पनि भनिएको छ ।
यसअघि गत चैत अन्तिमबाट दोस्रो संस्करणको एनएसएल आयोजना गर्ने तयारी भए पनि ए डिभिजन क्लब र एनएसएल आयोजकबीच खेलाडी अक्सनको विषयमा विवाद हुँदा तोकिएको समयमा हुन सकेन । एनएसएल र क्लबबीचको विवादले ठूलो रुप लिँदा एन्फाले पनि समयमै यसबारे निर्णय गर्न सकेको थिए ।
प्रतिक्रिया दिनुहोस्