
काठमाडौं, वैशाख ११ । बुधबार राति मात्र एकीकृत भई नयाँ बनाइएको जनता समाजवादी पार्टी नेपाल दर्ता गर्न लागि नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।
बुधबार मध्यरातमा राजपा र समाजवादी पार्टी पार्टी मिलेर एक भएको पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराउने प्रक्रिया शुरु गरिएको छ ।
नयाँ गठित जनता समाजवादी पार्टी दर्ताका लागि नेता राजेन्द्र श्रेष्ठलगायत कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका हुन् ।
यसअघि तत्कालीन समाजवादी पार्टीकी नेतृ रेणु यादवलगायत सांसदले समाजवादी पार्टी फुटाएर नयाँ दल दर्ता गर्ने निर्णय गरेका थिए । तर आयोगमा भने उनीहरुभन्दा चाँडै एकीकृत नयाँ पार्टीका नेताहरु पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्