३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


२ हजारको विन्दुभन्दा तल झर्‍यो शेयर बजार


338
Shares

काठमाडौं । शेयर बजारको ओरालो यात्रा मंगलबार पनि जारी रह्यो ।

बजार खुलेसँगै २ हजार ३४ पुगेको नेप्से ३६ अंकले घटेर १९ सय ९६ विन्दुमा झरेको छ ।

ठुला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेस पनि ६ अंकले घटेर ३ सय ८३ विन्दुमा पुग्यो । सोमबारको तुलनामा कारोवार रकममा भने सामान्य सुधार आएको नेप्सेले जनाएको छ ।

राताम्मे बजारमा निर्जिबन बिमा २ सय ४२ अंकले ओरालो लाग्दा जीबन बिमा समुहमा १ सय ८६ अंकको गिरावट आयो । अरु सबै समुहमा दोहोरो अंकको गिरावट आएको बजारमा १ सय ९० कम्पनीको शेयर मूल्य घटेको छ ।

घटेको बजारमा आँधिखोला लघुवित्त वित्तिय संस्थाका लगानी कर्ताले कमाउदा मंगलबार जम्मा पाँच कम्पनीको मात्र मूल्य बढे । मंगलबार नेपाल स्टक एक्सचेञ्जमा २ सय ३२ कम्पनीको ४१ लाख बढी कित्ता शेयर १ अर्ब १८ करोड बढीमा किनबेच भएको छ ।