
काठमाडौं, वैशाख ११ । नव एकीकृत जनता समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई निर्वाचन आयोगको प्रांगणबाटै धन्यवाद दिएका छन् ।
दल फुटाउन प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपनि आफूहरु तत्काल एकता गर्न सफल भएको भन्दै तत्कालीन राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलका संयोजकले व्यंग्यात्मक धन्यवाद दिएका हुन् ।
प्रधानमन्त्रीले पार्टी फुटाउने भनेर अध्यादेश ल्याएपनि आफूहरू जुटेको उनले बताएका हुन् ।
दल दर्ताको निवेदन आयोगमा पेश गरेलगत्तै राजपाकै अर्का नेता राजेन्द्र महतोले पार्टी नफुट्ने जिकीर गदै एकताका बाँकी काम लकडाउनपछि पूरा गर्ने बताए ।
उनले समाजवादी र राजपाबीच सम्मानजनक एकता भएको दाबी गर्दै राजपा र समाजवादीमा फुट हुने कुनै सम्भावना नभएको प्रष्ट गरे ।
प्रतिक्रिया दिनुहोस्