
काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी मंसिर महिनाको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ ।
मंगलबार पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न प्रदेश र संघको निर्वाचन मंसिर पहिलो सातासम्म गर्ने गरेर आयोगले आन्तरिक तयारी थालेको बताउनुयो । उहाँले आयोगले एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरेको बताउनुभयो ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी असार १ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने आयोगले जनाएको छ ।
सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय तथा ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्यक्रम शुरु गर्न लागेको आयोगको भनाई छ । हाल अस्थायी बसोवास गरिरहेकै जिल्लाको निर्वाचन कार्यालय गइ मतदाता नामावली दर्ता गर्न सकिने आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्