२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपालद्वारा ओमान ७ विकेटले पराजित


715
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भईरहेको त्रिदेशीय श्रृंखलामा नेपालले ओमानलाई पराजित गरेको छ ।

अमेरिका भ्रमणमा पहिलो जित निकाल्ने क्रममा नेपालले टेक्ससमा आज बिहान सकिएको खेलमा लिग टु को शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले पराजित गरेको हो ।

मोसा क्रिकेट मैदानमा ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेखले ६२ रन तथा कुशल भुर्तेलले ५६ रन बनाए । यस्तै, देव खनाल १० रनमा आउट भए ।

ओमानका फायज बुटले २ विकेट लिए । यस्तैै, खवर अलिले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो ।

ओमानका लागि कप्तान जिशन मक्सुदले ५२ रन जोडे । यसैगरी, सन्दीप गौडले ४७ रन जोड्दा जतिन्दर सिंहले २३ रन जोडे ।

ओमानलाई सस्तैमा समेट्न नेपालका करण केसीले ५ विकेट लिए । सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले १९१ विकेट लिए ।

यो जितसँगै नेपालले १५ खेलमा १५ अंक जोडेको छ । नेपाल सात टोली सहभागि लिगको पाँचौं स्थानमा उक्लिएको छ । ओमान ३६ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो । सिरिजको अन्तिम खेलमा नेपालले बुधबार राति घरेलु टोली अमेरिकाविरुद्ध खेल्नेछ ।