२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्याङ्जामा करेन्ट लगाएर माछा मारेको आरोपमा ४ जना पक्राउ


6.955k
Shares

स्याङ्जा । स्याङ्जाको पुतलीबजारमा करेन्ट लगाएर माछा मारेको आरोपमा ४ जना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका-१ बस्ने ४४ वर्षीय अर्जुन थापा, ३८ वर्षीय डिल बहादुर गुरुङ, बिरुवा गाउँपालिका-२ का २४ वर्षीय विशाल थापा र सोही ठाउँका २३ वर्षीय युवराज गुरुङ रहेका हुन् । स्याङ्जाको पुतलीबजार नगरपालिका-१० राङखोलास्थित प्यारासिङखोलामा ब्याट्रीबाट करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट १२ भोल्टको ब्याट्री एक थान, मोटर एक थान, मारेको माछा २ केजी र तारसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।