२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै विकास निर्माणका काम प्रभावित


195
Shares

ओखलढुंगा । पेट्रोलियम पदार्थको मूल्य आकाशिएसँगै ओखलढुंगामा विकास निर्माणकाे काम प्रभावित भएकाे छ ।

जिल्लाका सबै जसो क्षेत्रको विकास निर्माणकाे योजना प्रभावित बनेकाे हो । सरकारी कार्यालयले सञ्चालन गरेका योजना निर्माण गर्ने जिम्मा लिएका ठेकेदार कम्पनीहरुले मूल्यवृद्धि धान्न नसक्ने अवस्था भएपछि काम रोक्न थालेको ओखलढुंगा निर्माण व्यवसायी संघका अध्यक्ष विनोदकुमार ताम्राकारले बताउनुभयो ।

जिल्लामा अहिले मेशिनको सहायताबाट गरिँदै आएका कामहरु रोकिन थालेको उहाँले बताउनुभएकाे छ । ठेकेदार कम्पनीहरुले श्रमिकमार्फत् गर्न सकिने कामहरु भने जारी राखेका छन् । मूल्यवृद्धिले विशेषगरी सडक, भवन, खानेपानी, पुललगायतका काममा प्रत्यक्ष असर गरेकाे छ । विकास निर्माण प्रभावित भएपछि असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने योजनालाई समयमै काम सक्न चुनौती बढेको देखिएकाे छ ।

निर्माण व्यवसायीहरुले लागत धेरै लाग्ने भन्दै विकास निर्माण ठप्प पार्दै आएको डिभिजन सडक कार्यलय हर्कपुरका प्रमुख अरुणकुमार लाल कर्णले बताउनुभएकाे छ ।