१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दियामा अत्याधिक गर्मी, थप तीन दिन विद्यालय बन्द


130
Shares

बर्दिया । अत्याधिक गर्मीका कारण बर्दियाको गुलरिया नगरपालिकाले सबै विद्यालयहरुलाई तीन दिन गर्मी बिदा थप गरेको छ ।

केही दिनदेखि ह्वात्तै गर्मी बढेपछि बुधबारदेखि शुक्रबारसम्म दोस्रो पटक तीन दिनको लागि बिदा दिएको हो ।

नगरपालिकाले पहिलो पटक जेठ २७ देखि ३१ गतेसम्म सम्पूर्ण विद्यालयलाई पाँच दिन बिदा दिएको थियो । तापक्रममा कुनै सुधार नभई तापक्रम बढेपछि नगरपालिका अन्र्तगतका सम्पूर्ण विद्यालयलाई नगरपालिकाले दोस्रो पटक बिदा थप गरेको हो ।

अत्याधिक गर्मिको कारण विद्यालय सञ्चालन गर्न कठिनाई भएपछि शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम ८५ को उपनियम (३) अनुसार विद्यालयले दिने बिदाबाट मिलान गर्ने गरी सबै विद्यालय बिदा गरिएको गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले मंगलबार सूचना प्रकाशित गरि जानकारी दिएको छ ।

गुलरिया नगरपालिका नगर प्रमुख स्तरीय निर्णयानुसार थप तीन दिन गर्मि बिदा दिएको सूचनामा उल्लेख गरिएको छ ।