१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने निर्णय कार्यान्वयन हुँदैन : मन्त्री खतिवडा


52
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले घोषणा गर्नुभएको स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताउनुभएको हो ।

मन्त्री खतिवडाले स्वास्थ्य बीमा कार्यक्रम, ऐन अनुसार नै अघि आफू अगाडि बढ्ने बताउनुभयो । निःशुल्क औषधि वितरणमा स्वास्थ्य केन्द्रहरूबाट ७० थरी बाड्ने गरिएकोमा अब ९८ थरिका औषधि बाड्न थालिएको मन्त्रीले खतिवडाले बताउनुभयो ।

मन्त्री खतिवडाले स्वास्थ्य बीमाको लागि पनि ११ सय ३३ किसिमका औषधि समावेश गरिएको जानकारी दिनुभयो । २४ लाख हराएको खोप मन्त्रालयको वेबसाइटमा हेरेर खोज्न आग्रह गर्नुभयो । उहाँले खोपको खोजीका लागि मन्त्रालयको वेबसाइट हेर्न सांसदहरूलाई आग्रह गर्नुभएको हो ।

मन्त्री खतिवडाले नेपालमा विभिन्न देशबाट आएका खोपहरू काठमाडौंमा नै कुन मितिमा आएको, काठमाडौंबाट कुन प्रदेशमा कति गएको वेबसाइटमा उल्लेख गरिएको दाबी गर्नुभयो । नेपालमा ५ करोड ३३ लाख खोप आएकोमा ४ करोड ८७ लाख प्रयोग भइसकेको उहाँको भनाइ छ ।

मन्त्री खतिवडाले सरकारसँग अझै ४६ लाख ४७ हजार डोज खोप सरकार स्टक रहेको बताउनुभयो । आफूविरुद्ध २४ लाख घोटाला गरेको आरोप पुष्टि गर्नसमेत उहाँले चुनौती दिनुभयो ।

मन्त्री खतिवडाले एक व्यक्तिले ५० लाख खोप डम्पिङ गरेर किनेर कमिसन बजाउने योजना बनाएको सांसदहरूको प्रश्नको जवाफमा आफू त्यो बाटोमा नगएको बताउनुभयो । उहाँले बालबालिकाको लागि फाइजर खोप ल्याउनको लागि विश्व बैंकबाट रकम भुक्तानी गर्ने गरी साढे ६ अर्बको खोप किन्ने मन्त्रीपरिषद्ले निर्णय गरेको बताउनुभयो ।

तर, विश्व स्वास्थ्य संगठनहरुले नेपालले खोप कार्यक्रम राम्रो गरेको भन्दै कोभ्याक्स सुविधा अन्तरर्गत ५ देखि ११ वर्ष बच्चाका लागि खोज दिएकाले नल्याएको स्पष्ट पार्नुभयो । मन्त्रिपरिषद्ले किन्ने भनेको खोप खारेज गरेर अनुदानको खोप प्रयोग गरेको उहाँको भनाइ छ ।