१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वास्थ्य बिमा निजी क्षेत्रलाई जिम्मा दिने योजनाबाट सरकार पछि हट्यो


169
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा निजी क्षेत्रलाई जिम्मा नलगाइने स्पष्ट पार्नुभएको छ ।

बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने उहाँले बताउनुभएको हो ।

बुधबार प्रतिनिधि सभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले यस्तो दाबी गर्नुभएको हो । उहाँले स्वास्थ्य बिमा कार्यक्रम, ऐन अनुसार नै अघि बढ्ने बताउनुभयो । निःशुल्क औषधि वितरणमा स्वास्थ्य केन्द्रहरुबाट ७० थरी बाड्ने गरिएकोमा अब ९८ थरिका औषधि बाड्न थालिएको मन्त्रीले खतिवडाले बताउनुभयो । उहाँले स्वास्थ्य बीमाको लागि पनि ११ सय ३३ किसिमका औषधि समावेश गरिएको जानकारी दिनुभयो ।

मन्त्री खतिवडाले हराएको २४ लाख खोप मन्त्रालयको वेबसाइटमा हेरेर खोज्न आग्रह गर्नुभयो । उहाँले खोपको खोजीका लागि मन्त्रालयको वेबसाइट हेर्न सांसदहरुलाई आग्रह गर्नुभएको हो । उहाँले नेपालमा विभिन्न देशबाट आएका खोप कुन मितिमा आएको, कुन प्रदेशमा कति गएको आदि सबै वेबसाइटमा उल्लेख गरिएको दाबी गर्नुभयो ।

मन्त्री खतिवडाले नेपालमा ५ करोड ३३ लाख खोप आएकोमा ४ करोड ८७ लाख प्रयोग भइसकेको बताउनुभयो । उहाँले सरकारसँग अझै ४६ लाख ४७ हजार डोज खोप स्टक रहेको बताउनुभयो । मन्त्री खतिवडाले आफुविरुद्ध २४ लाख डोज खोप घोटाला गरेको आरोप पुष्टि गर्नसमेत चुनौति दिनुभयो ।