१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चेम्बर एक्सपो बिहीबारदेखि सुरु, प्रवेश निःशूल्क


91
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा गर्दै आएको चेम्बर एक्सपोको यस वर्षको संस्करण बिहीबारदेखि सुरु हुँदै छ ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृृद्धि गर्ने दायित्वलाई प्रर्दशनीले प्राथमिकता दिने चेम्बरले जनाएको छ । काठमाडौं भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा बिहीबारदेखि हुने चेम्बर एक्स्पो २०२२ आगामी सोमबारसम्म चल्ने छ ।

एक्स्पोमा कृषि तथा जडिबुटिजन्य वस्तु, टेक्सटाइल, हस्तकलाका सामग्री, इलेक्ट्रिकल तथा इलक्ट्रनिक्सदेखि मोबाइल लगायत स्वदेशी तथा विदेशी उत्पादनका १ सय ५० भन्दा बढी स्टल रहने जनाइएको छ ।

प्रवेश निःशुल्क गरिएको एक्सपोमा १३ मुलुकले सहभागिता जनाउने जनाइएको छ । नेपाली उत्पादन प्रवद्र्धन गर्ने हेतुले आयोजित मेलामा अशक्त महिला उत्पादकलाई समेत प्रोत्साहन गर्दै सहभागी गराइने पनि आयोजकले जनाएका छन् ।

निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय संगठनमा सहभागितासँग केन्द्रित क्रियाकलापबाट आर्थिक कुटनीतिको विस्तार गर्नु एक्सपोको उद्देश्य रहेको चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिनुभयो ।

चेम्बरले प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्धनका लागि आवश्यक पहलकदमी समेत गर्ने जनाएको छ ।