
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रणुकुमारी यादवले अदालतको आदेशका कारण कालोसूचीमा रहेका ठेकेदारहरुलाई कारबाही गर्न नसकिएको स्पष्टिकरण दिनुभएको छ ।
मन्त्री यादवले अदालतको आदेशकै कारण हुलाकी राजमार्गको हजारौं ठाउँको काममा अवरोध भईरहेको पनि स्पष्ट पार्नुभयो । बुधबार मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले अदालतले कुरै नबुझि आदेश दिएका कारण कालोसूचिमा रहेका ठेकेदारहरुले उन्मुक्ति पाउने गरेको गुनासो गर्नुभयो ।
मन्त्री यादवले हुलाकी राजमार्ग निर्माणका लागि जग्गाको मुआब्जाको विषयमा अदालतले आदेश दिएकाले त्यहाँको हजारौं ठाउँको काम अघि बढन नसकेकोतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराउनुभयो ।
मन्त्री यादवले जग्गा मुआब्जाको विषय भौतिक पूर्वाधारको विकासका लागि धेरै ठूलो समस्या भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्