२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


स्केट बोर्ड प्रतियोगिता असार ६ र ७ गते हुने


143
Shares

काठमाडौं । नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्गको आयोजनामा पाँचौं राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता असार पहिलो साता हुने भएको छ ।

नेपाल स्केटिङ्ग एण्ड स्केटबोर्डिङ्ग संघले बुधबार पत्रकार सम्मेलन गरेर पाँचौ संस्करण राष्ट्रिय प्रतियोगिता पोखरामा असार ६ र ७ गते गर्ने जनाएको हो । पोखरा रंगशालामा रहेको अन्नपूर्ण स्केटपार्कमा आयोजना हुने प्रतियोगितामा २२ देखि २५ जिल्लाका १ सय जना पुरुष र ३० जना महिला खेलाडीले प्रतिष्पर्धा गर्ने छन् ।

कोरोना महामारीका कारण प्रतियोगिता समयमा हुन सकेको थिएन । महामारीको अवस्था केही मत्थर भएसँगै आयोजकले प्रतियोगिता पोखरा आयोजना गर्न लागेको हो । २०१५ देखि सञ्चालनमा आएको यो प्रतियोगिता यसअघि पोखरमा दुईपटक सम्पन्न भएको छ भने काठमाडौंमा दुईपटक आयोजना भएको छ ।

प्रतियोगितामा स्ट्रीट स्केटबोर्ड र पार्क स्केटबोर्ड विधामा प्रतिष्पर्धा हुने संघका अध्यक्ष अच्युत खनालले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको विजेतालाई थाइल्याण्डमा आयोजना हुने एशियन प्लेट च्याम्पियनसिपका सहभागिताको अवसर दिइने आयोजकले जानकारी दिएको छ ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० तथा तेस्रोले नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।