
काठमाडौं । कर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोडको बजेट सार्वजनिक गरेको छ ।
बुधबार प्रदेश सभाको बैठकमा अर्थमन्त्री विन्दमान विष्टले सार्वजनिक गर्नुभएको बजेटमा पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख र चालु तर्फ ९ अर्ब १६ करोड ४९ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख बजेट विनियोजन गरिएको छ ।
खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट ७१ करोड २९ लाख, चालु आर्थिक वर्षको खर्च नभएर बाँकी रहने अनुमानित ४ अर्ब ५५ करोड रकम परिचालन गरिनेछ ।
यस्तै, संघीय सरकारबाट राजश्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम ९ अर्ब २ करोड, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ७२ करोड र सशर्त अनुदानबाट ५ अर्ब ६९ करोड रकम प्राप्त भएको रकम परिचालन गरिने प्रदेशले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्