४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


मनोज पाण्डेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता, १५ वर्षसम्म जेल सजायको माग


2.418k
Shares

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध अदातलमा मुद्दा दर्ता गरेको हो ।

पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुव्र्यवहार गरि दुईवटा मुद्दा दायर भएको सरकारी वकिलको कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार मुद्दामा थुनछेक वहस हुने छ । दुबै मुद्दामा गरेर १५ वर्षसम्म जेल सजायको मागदाबी गरिएको पौडेलले बताउनुभयो ।

पाण्डेमाथि आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक किशोरीलाई बलात्कार गरेको आरोप छ । पाण्डेले जेठ पहिलो साता सामाजिक सञ्जालमार्फत आफूमाथि भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् ।

बलात्कारसम्बन्धी हदम्याद नाघेकाले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरिएको हो ।

यस्तै, एक अर्की नाबालिकले पाण्डेले आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै उजुरी दिएकी थिइन् । दुबै घटनामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । प्रहरीले पाण्डेलाई जेठ ७ गते स्वयम्भूबाट पक्राउ गरेको थियो ।