२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


परासीमा कँडेल र कलवारलाई कारवाहीको माग


247
Shares

परासी । जिल्ला समन्वय समिति नवलपरासीको निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल र संविधान सभा सदस्य देवकरण कलवारलाई कारबाहीको माग गर्दै उजुरी परेको छ ।

कांग्रेसभित्र बाटै अन्तरघात भएका कारण हार ब्यहोर्नु परेको दाबी गर्दै कांग्रेसबाट जिसस प्रमुख पदमा उम्मेदवारी दिएका बालिन्द्र विक्रम शाहीले दुई नेताविरुद्ध पार्टीको जिल्ला अनुशासन समितिमा उजुरी दिएका हुन् ।

सात स्थानीय तह रहेको जिल्लामा कुनै पनि दलको बहुमत नपुगेपछि कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । गठबन्धन गरेर आवश्यक पर्ने आठ मत पुर्‍याएको कांग्रेसका उम्मेदवार शाही एक मतले पराजित भएका हुन् ।

प्रमुखबाहेक गठबन्धनका अन्य सबै उम्मेदवारले जितेका छन् । यता, पाँच मत रहेको एमालेले एक मत रहेको राप्रपासँग गठबन्धन गरेको थियो । चुनावमा एमालेका प्रमुख पदका उम्मेदवारले सात मत ल्याएर विजयी भएका थिए भने पराजित शाहीको ६ मत थियो । चुनावमा प्रमुख पदको एक मत बदर भएको थियो ।