४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


धनकुटाका किसान गाँजर खेतिमा आकर्षित


156
Shares

धनकुटा । सलादको रुपमा बढी प्रयोग हुने गाँजर खेतीमा पछिल्लो समय धनकुटाका किसान समेत गाँजर खेती गर्न तर्फ आकर्षित हुन थालेका छन् ।

बजारको समस्या नभएको र राम्रो आम्दानी हुने भएकाले यस तर्फ किसानको आकर्षण बढेको हो ।

पकेट क्षेत्र नै घोषित धनकुटा नगरपालिकाको चोक्रोक, स्कुुलडाँडाँ र किन्ताङ्ग लगायत जिल्लाका अन्य स्थानमा समेत किसानहरु गाँजर खेति तर्फ आकर्षित भएका हुन् ।

धनकुटाका किसानले उत्पादन गरेको गाँजर स्थानीय बजारसँगै बाहिरी जिल्लाहरुमा समेत निकासी हुने गरेको छ । स्थानीय बजारमा गाँजर अहिले प्रतिकिलो ७० देखि ८० रुपैयाँ सम्ममा बिक्रि हुने गरेको किसानको भनाई छ ।

सरोकारवाला निकायले उन्नत बिउ, प्रविधि र सुनिश्चित बजारका साथै भण्डारणका लागि व्यवस्थित पूर्वाधार बनाउन सके खेति अझै बिस्तार गर्न सकिने किसानहरुको सुझाब छ ।