
एजेन्सी । भारतीय अभिनेता वरुण धवनका बाबु फिल्म निर्माता डेबिड धवनको स्वास्थ्य अचानका विग्रिएका कारण अस्पताल भर्ना गरिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि वरुणका बुबालाई मुम्बइको एक अस्पतालमा उपचार गरिदैछ । जब उनको बुबाको स्वास्थ्यमा समस्या देखिएको थियो तब वरुण आफ्नो आगामी फिल्म ‘जुगजुग जियो’ को प्रमोशन कार्यक्रममा व्यस्त थिए । तर, आफ्ना बाबुलाई अस्पताल लगेको खबर सुनेपछि प्रमोशन बीचमानै छाडेर उनी अस्पताल पुगेका हुन् ।
भारतीय सञ्चार माधयामका अनुसार वरुणको बाबुको यस अघि पनि मधुमेहका कारण स्वास्थ्यमा समस्या देखिएको थियो । यद्यपि उनलाई अस्पताल भर्ना गर्नुको कारण भने खुलाइएको छैन । डेबिड धवनले आफ्नो जीवनमा निकै सुपरहिट फिल्महरू बनाएका छन् ।
वरुण धवनको फिल्म ‘जुगजुग जियो’ यही जुन २४ मा प्रदर्शन हुने भएको छ । फिल्ममा बरुण धवनसँगै अनिल कपूर, नीतू कपूर, कियारा अडवाणी मुख्य भूमिकामा रहेका छन् । सोही फिल्मको प्रमोशनलाई छाडेर वरुण अस्पताल पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्