
काठमाडौं । नेकपा(एमाले)का सांसद ईश्वर पोखरेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता केपी ओली नेतृत्वको सरकारका पालामा अघि नबढाइएको बताउनुभएको छ ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद ईश्वर पोखरेले एसपीपी सम्झौता केपी ओली नेतृत्वको सरकारको पालामा अघि बढाइएको भनेर गलत कुरा सम्प्रेषण गरिएको बताउनुभयो ।
उहाँले गठबन्धनले तथ्य विपरित र पूर्वाग्रहपूर्ण कुरा गरेको बताउनुभयो । उहाँले एसपीपी प्रस्ताव नेपाल आउँदा नेपाली काँग्रेस नेतृत्वको सरकार रहेको उल्लेख गर्नुभयो ।
पोखरेलले आफू मन्त्री रहँदा त्यस बारेमा कुनैपनि सकारात्मक कुरा गरेको केही लिखतहरु, वक्तव्यहरु, माइन्युटहरु भए संसदमा प्रश्तुत गर्न चुनौति दिदैँ त्यसको पूर्ण जवाफदेही लिन तयार रहेको बताउनुभयो ।
त्यतिखेर यो प्रस्तावको विषयमा कुरा आएको र आफूहरुले कार्यदल बनाएको स्मरण गर्दै उहाँले कार्यदलले सम्झौता अगाडी बढाउनु हुँदैन भन्ने निस्कर्ष निकालेपछि आफूहरुले कुनै प्रक्रिया अगाडी नबढाएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले गठबन्धनका नेताहरुले ओली नेतृत्वको सरकारलाई आरोप लगाएको उल्लेख गर्दै प्रमाण पेस गर्न चुनौती दिनुभयो । प्रमाण पेस गर्ननसके गैरजिम्मेवार अभिव्यक्तिको लागि क्षमा माग्नुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्