१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एसपीपीमा नेपाल संलग्न हुँदैन : गृहमन्त्री खाँण


130
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) सम्झौतामा नेपाल अहिलेसम्म संलग्न नभएको र संलग्न हुने सोच पनि नरहेको प्रष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमा रक्षा मन्त्रालयबारे उठेका सवालहरूबारे प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाका तर्फबाट जवाफ दिँदै गृहमन्त्री खाँणले कुनै पनि विदेशी सेनाले टुँडिखेलमा आएर परेड खेल्छ भनेर नसोच्न आग्रह गर्नुभयो ।

उहाँले नेपालले संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रका रुपमा असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तलाई अवलम्बन गरेको स्मरण गराउनुभयो । उहाँले नेपाल र नेपाली सेना कुनै पनि सैन्य गठबन्धनको हिस्सा बन्न नसक्ने बताउनुभयो ।

विपद्का बेला भने छिमेकी र मित्रराष्ट्रहरूबीच सैन्य सहयोग हुने गरेको उल्लेख गर्दै गृहमन्त्री खाँणले ०७२ सालको भुकम्पको बेला ३४ वटा देशबाट सेनाहरू आएर सहयोग गरेको स्मरण गर्नुभयो ।