
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सात जना महिलालाई पक्राउ गरेको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै गत जेठ २६ देखि ३१ गते एक साताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित ७ जना अफ्रिकन नागरिक पक्राउ गरेको हो । पत्रकार सम्मेलनमा लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय प्रमुख जीवनकुमार श्रेष्ठले नेपाललाई ट्रान्जिट बनाएर भारत लगायतका देशमा कारोबार गर्ने उदेश्यले नेपालको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी लागुऔषध कारोबार गर्नेहरुलाई पक्राउ गरेको बताउनुभयो ।
उहाँले विगतमा पनि लागु औषध कारोबारीहरु पक्राउ गरिएको आधारमा निगरानी राख्दै जादाँ ५१ केजी हेरोइन फेला परेको बताउनुभयो । उहाँले बरामत गरिएको ५१ केजी हेरोईन अहिलको बजार मूल्य अनुसार एक अर्ब दुई करोड रुपैयाँ बराबार हुन आउने स्पष्ट पार्नुभयो ।
प्रमुख श्रेष्ठले पक्राउ परेका सातैजना दक्षिण अफ्रिकाका महिला नागरिक रहेको बताउनुभयो । उहाँका अनुसार उनीहरू विभिन्न मितिमा फ्लाई दुबईको विमानबाट नेपाल आएको खुलेको छ । प्रमुख श्रेष्ठले प्रहरीले सो गिरोह नियन्त्रणमा लिन त्रिभूवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएर सात दिन भित्रमा नियन्त्रणमा लिएको बताउनु भयो ।
आइतबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएका मुरिल नसाम्बा र थान डेकीलेको बयानका आधारमा थप ८ किलो कोकिनसँगै दक्षिण अफ्रिकन महिला थभोनी थाबालाला पक्राउ गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो । पक्राउ परेकाहरुमध्ये दुईजना नेपाल आउजाउ गरिरहने गरेको र ५ जना पहिलोपटक नेपाल आएको अनुसन्धानबाट पत्ता लागेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्