
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता परी थापाले अमेरिकी सेनासँग स्टेट पार्टनरसिप (एसपीपी) प्रोग्राम गर्नु नेपाली सेनाको तेजोवध गर्नु भएको बताउनुभएको छ ।
बिहीबार दरबारमार्गस्थित एमसीए नेपालको कार्यालय अगाडी नेकपा(क्रान्तिकारी माओवादी) आवद्ध जसस/मोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संयुक्त रूपमा आयोजना गरेको अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्रामको विरोध प्रदर्शनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेता थापाले नेपालको राष्ट्रिय सेनासँग अमेरिकाको कुनै एक राज्यको सेनाको पार्टनरसिप गर्नु नेपाली सेनाको अवमूल्यन गर्नु भएको पनि बताउनुभयो । उहाँले अमेरिकाको मित्र हुनु नै खतरा भएको टिप्पणी गर्नुभयो ।
क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चाले एमसिए नेपालको कार्यालय अगाडी विरोध प्रदर्शन गरेको थियो । विरोधको क्रममा एमसिए नेपाल खारेज गर् राष्ट्रघाती दलालहरू खबरदार, एसपीपी–एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नाराबाजी समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्