
काठमाडौं । नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले आफु रक्षामन्त्री हुँदा अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रस्ताव नगरेको बताउनुभएको छ ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्व रक्षामन्त्रीसमेत रहनुभएका सांसद प्रधानले सन् २०१७ मा आफु रक्षामन्त्री रहेको र आफ्नो कार्यकालमा अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रस्ताव नगरेको स्पष्ट पार्नुभएको हो ।
उहाँले सन् २०१९ मा एमाले नेतृत्वको सरकारमा रक्षामन्त्री ईश्वर पोखरेल हुँदाखेरी सो विषयको छलफल अगाडी बढेको दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणमार्फत एसपीपी सम्झौता नगर्ने प्रतिवद्धता गर्नु सकारात्मक भएको बताउनुभयो ।
सांसद प्रधानले छिमेकी देशहरु भारत र चीनलाई विश्वासमा नलिइकन कुनै तेस्रो देशसँग यस प्रकारको सम्झौता गर्नुनहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्